मेसीको २ गोलमा इन्टर मियामी विजयी


काठमाडौं । लियोनेल मेसीले इन्जुरीबाट ठिक भएपछि शानदार कम ब्याक गरेका छन्। अमेरिकन लिग सकर अन्तर्गत इन्टर मियामीले फिलाडेफियालाई ३-१ गोल अन्तरले पराजित गर्ने क्रममा मेसीले दुई गोल गरेर शानदार कम ब्याक गरेका हुन्।

मेसीले खेलको २६औँ र ३०औँ मिनेटमा गोल गरेका थिए। मेसी गत जुनदेखि इन्टर मियामीका लागि पहिलो पल्ट खेलेका हुन्। त्यस्तै इन्टर मियामीका लागि तेस्रो गोल लुइस स्वरेजले गरेका हुन्।

स्वरेजले एक गोल असिस्ट समेत गरेका थिए। यस अघि खेलको दोस्रो मिनेटमा नै फिलाडेफियाले मिकाएल उह्रेको गोलमा सुरुवाती अग्रता लिएको थियो। यो जितपछि इन्टर मियामीको इस्टर्न कन्फेरेन्समा २८ खेलमा ६२ अङ्क भएको छ र लिगमा शीर्ष स्थानमा रहेको छ। त्यसै गरी फिलाडेफियाको भने २८ खेलमा ३० अङ्क रहेको छ र लिगमा ११औँ स्थानमा छ।