माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक


काठमाडौं ।

नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ। शुक्रबार दिउँसो २ बजे बस्ने गरी सिंहदरबारस्थित दलको कार्यालयमा बैठक बोलाइएको छ।

बैठकमा प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाको विषयसहित संवैधानिक परिषद्को बैठकमा माओवादीको अडान तथा सहकारी ठगी प्रकरणमा बनेको संसदीय विशेष समितिले सार्वजनिक गर्न लागेको प्रतिवेदनको बारेमा संसद्मा माओवादीको भूमिका बारे छलफल हुने बताइएको छ।