जिप दुर्घटनामा पुथा उत्तरगङ्गा गाउँपालिकाकी उपाध्यक्ष बुढाको मृत्यु


बाग्लुङ ।

बाग्लुङको गलकोट नगरपालिका–२ भुङ्खानीमा जिप दुर्घटना हुँदा रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढासहित तीन जनाको मृत्यु भएको छ।

मृत्यु भएका अन्य दुई जनाको अहिलेसम्म सनाखत हुन नसकेको बताइएको छ। मृतक महिला र एक पुरुषको सनाखत हुन बाँकी रहेको छ। सो दुर्घटनामा एक पुरुष घाइते भएका छन्। घाइतेलाई उद्धार गरी बागलुङ अस्पताल पठाइएको छ।