एआईपीएस एसिया र सिएमआर नेपालबीच सम्झौता


काठमाडौं ।

खेल पत्रकार प्रशिक्षणका लागि एआईपीएस एसिया र सिएमआर नेपालबीच सम्झौता भएको छ। एआईपीएस एसियाको २५औं कंग्रेसको अवसरमा बिहीबार नेपाल पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र सिएमआर नेपालका निर्देशक उज्ज्वल आचार्यले सम्झौता पत्रमा हस्ताक्षर गरे।

सम्झौताअनुसार सिएआर नेपालले एआईपीएस एसियालाई हरेक सेसनमा दुई खेल पत्रकार प्रशिक्षण कोटा प्रदान गर्नेछ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आशिंक छात्रवृत्तिमा एआईपीएस एसियाले उक्त प्रशिक्षण कोटा प्राप्त गर्नेछ ।