धरहरा ३ असोजदेखि सञ्चालनमा ल्याउने


काठमाडौँ ।

काठमाडौँको सुनधारास्थित नवनिर्मित धरहरा ३ असोजदेखि अस्थायी रूपमा सञ्चालन हुने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संविधान दिवसको अवसर पारेर ३ असोजदेखि धरहरा अस्थायी रूपमा सञ्चालनमा ल्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

उनका अनुसार धरहरा सञ्चालनको जिम्मेवारी संघीय सरकारको शहरी विकास मन्त्रालयलाई दिइएको छ ।