ग्रामीण पसलहरुमा म्याद नाघेका उपभोग्य बस्तुहरुको किनबेच

5.55k
Shares

खोटाङ। 

  खोटाङस्थित ग्रामीण बजार तथा पसलहरुमा म्याद नाघेका उपभोग्य बस्तुहरु बिक्रीका लागि राखिएको पाइन्छ । पहाडी जिल्लाका बजार तथा पसलहरुमा म्याद नाघेर अखाद्य भइसकेका उपभोग्य वस्तुहरु बिक्रीका लागि राखिएको पाइने गरेको हो ।

ब्यवसायीहरुको लापरबाही तथा उपभोक्तामा सचेतनाका अभावले स्वास्थ्यमा गम्भीर असर गर्ने अखाद्य बस्तुहरुको किनबेच भइरहेको जिल्लाबासी बताउँछन् । ग्रामीण बजार तथा पसलहरुमा नियमित अनुगमन नहुँदा पनि म्याद गुज्रिएका सामानहरु किनबेच भइरहेको स्थानीय बुद्धिजीवीहरूको भनाई छ ।

यसैबीच, खोटेहाङ गाउँपालिकाका विभिन्न बजारबाट म्याद नाघेका उपभोग्य बस्तुहरु बरामद गरी नष्ट गरिएको छ । इलाका प्रशासन कार्यालय खोटाङबजारका प्रमुख मोहनबहादुर राईको संयोजकत्वमा बुधबार अनुगमन गर्ने क्रममा म्याद नाघेका उपभोग्य तथा अन्य वस्तु बरामद गरी नष्ट गरिएको हो । उक्त गाउँपालिका–८ सिम्पानी बजार अनुगमन गर्दा ठूलो मात्रामा अखाद्य भइसकेका उपभोग्य तथा अन्य वस्तु बरामद गरी नष्ट गरिएको छ। 

वडाअध्यक्ष चन्द्रबहादुर थापाका अनुसार चिउरा, चाउचाउ, बेसार विस्कुट, फ्रुटी, चिजबल, सुजी, हर्लिक्स, थुक्पा, मिट मसला, ज्वानो, ड्यु, कोक, फेन्टा, अजिना, मिरिन्डा, इनर्जी ड्रिङ्स लगायत म्याद नाघेका उपभोग्य वस्तु बरामद गरी नष्ट गरिएको हो । यसबाहेक म्याद नाघेका बिभिन्न कस्मेटिक सामानहरु पनि बरामद गरी नष्ट गरिएको राईले बताए । 

त्यस्तै उक्त गाउँपालिका–६ इन्द्रेणीपोखरीमा पनि उपभोग्य तथा अन्य वस्तु बरामद गरी नष्ट गरिएको छ । अनुगमनका क्रममा प्रक्रिया नपु¥याई सञ्चालन गरिएको पाँच वटा मेडिकललाई एक साताभित्र प्रक्रिया पु¥याउन समेत निर्देशन गरिएको छ । सिम्पानीमा तीन वटा, इन्द्रेणीपोखरीमा एउटा र रोक्सिङ भन्ज्याङमा एउटा मेडिकललाई उक्त निर्देशन दिएको हो ।