“म सबै कुरा गर्न सक्छु”– आन्द्रे शुर्ले


एजेन्सी ।

सन् २०१४ मा आन्द्रे शुर्ले सम्मिलित जर्मनी फुटबल टोलीले चौथोपटक फिफा विश्वकप जितेको थियो। प्रतियोगितामा तीन गोल गरेका उनले फाइनलमा अर्जेन्टिनालाई १–० ले हराउँदाको गोलमा उनले नै एसिस्ट समेत गरेका थिए।

त्यसको ९ वर्ष पछि उनले २९ वर्षको उमेरमा फुटबलबाट संन्यास लिए। त्यसपछि उनी आफ्नो नयाँ सौखलाई पूरा गर्नतर्फ अग्रसर बने । “वीम होफ मेथोड” जुन विश्वका सबैभन्दा कठिन सहनशक्ति चुनौतीहरूमध्ये एक कहलिन्छ, त्यसमा आफ्नो क्षमता जांच्नतिर लागे र उनी खरो पनि उत्रिए ।

समुद्री सतहभन्दा १ हजार ६ सय ३० मीटर उंचाईमा रहेको चेक गणतन्त्रको सबैभन्दा अग्लो स्थान स्नीज्का पर्वतमा उनी केवल एउटा हाफ पाइन्ट, टोपी, पञ्जा र जुत्ता लगाएर चढ्न पुगेका थिए।

त्यस्तो अवस्थामा आफ्नो अनुभव सुनाउँदै शुर्लेले भनेः “अन्तिम क्षणमा मैले केही पनि महसुस गर्न सकिन र मैले अघि बढ्नको लागि आफूभित्रको गहिराईलाई खोज्नुपर्‍यो । यो अनुभव म कहिल्यै भुल्न सक्दिनद । माइनस १९ डिग्री, १०० किमी प्रतिघण्टाको रफ्तारमा चलेको हावा, भारी हिउँ र पानी हाम्रो अनुहारमा परिरहेको थियो । मैले के महसूस गरे भने भित्र आत्मैदेखि मेरो मन र मस्तिष्कलाई एकै साथ लग्यौं भने म सबै कुरा गर्न सक्छु ।”