महोत्तरीका चिकित्सक पाँच महिनादेखि बेपत्ता


महोत्तरी ।

महोत्तरीको भङ्गहा नगरपालिका–२ बखरी गाउँका स्थायी बासिन्दा ५० वर्षीय चिकित्सक प्रबोधकुमार यादव गत वैशाख ३ देखि बेपत्ता भएका छन्।

काठमाडौंमा बस्दै आएका उनी कामको सिलसिलामा जनकपुर पुगेपछि परिवारको सम्पर्कमा नआएपछि खोजीका लागि स्थानीय प्रशासनसमक्ष हारगुहार गरिएको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार उनले २०८१ वैशाख ३ मा श्रीमती पुनमकुमारीसँग टेलिफोनमा कुरा भएको थियो। सोही दिन अपराह्न ३ बजेदेखि उनको मोबाइल बन्द भएको उनकी श्रीमतीले बताइन्। प्रहरीले बेपत्ता यादवको खोजतलास भइरहेको जनाएको छ।