एरिका र स्यान्टु वर्षका उत्कृष्ट खेलाडी


काठमाडौं ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) को ६१औं वार्षिकोत्सवमा करातेकी एरिका गुरूङ र टेबल टेनिसका स्यान्टु श्रेष्ठ वर्षका उत्कृष्ट खेलाडी अवार्डबाट सम्मानित भएका छन् ।

भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बुधवार आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले अवार्ड प्रदान गरे। एरिकाले गत वर्ष चीनको हाङजाउमा भएको १९औं एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक जितेकी थिइन्।
स्यान्टु पेरिस ओलम्पिक्समा छनोट चरण पार गरेर खेल्ने तेस्रो नेपाली खेलाडी बनेका हुन्।

साथै उनले नेपाली टेबल टेनिसलाई पहिलो पटक ओलम्पिकमा पुर्‍याए। उनी अष्ट्रेलियामा रहेको कारण उनको बुवाले अवार्ड लिएका थिए । एरिका र स्यान्टु दुवैले समान १ लाख रुपैयाँ प्राप्त गरे।

वर्ष उत्कृष्ट पारा खेलाडीको अवार्डबाट पलेशा गोवर्धन सम्मानित भइन्। उनले गत वर्ष १९औं पारा एसियली खेलकुदमा ऐतिहासिक कांस्य जितेकी थिइन्। उनी पारा एसियन खेलकुदमा पदक जित्ने पहिलो नेपाली खेलाडी बनेकी थिइन्। उनी पेरिस पारालिम्पिक्समा छनोट हुन सफल भएकी थिइन् । उनलाई ५० हजार रुपैयाँ प्रदान गरियो।