नागरिकको जीवन रक्षार्थ धुलिखेल–खावा सडक मर्मतका लागि धुलिखेल नगरपालिकाको ध्यानाकर्षण


धुलिखेल।

 धुलिखेल–खावा सडक विस्तारमा भइरहेको ढिलाइका कारण नागरिकको दैनिक जनजीवन तथा जनस्वास्थ्यमा परेको असरबाट जोगाउन जीवन रक्षार्थ धुलिखेल नगरपालिकाले ध्यानाकर्षण गराएको छ ।

   नगरपालिकाका प्रमुख अशोक ब्यान्ज्युद्वारा जारी विज्ञप्तिमा उक्त बिषय उल्लेख छ ।  विगत केही वर्ष देखि सडक स्तरोन्नतिका लागि सुरु गरिएको अरनिको राजमार्गको धुलिखेल–खावा सडक खण्डको चार कि.मि. सडक चौडा गर्ने कार्यसहित कालोपत्रे गर्ने कार्यका लागि नियमानुसार वोलपत्रआह्वानभई  निर्माण व्यवसायीबाट सडक चौडा गर्न भित्ता खन्ने काम भइरहेको छ ।
 
 जसले एकातर्फ उक्त कार्य सम्पन्न हुन सकेको छैन भने अर्कोतर्फ कालोपत्रेको लागि कुनै काम अघि वढ्न सकेको छैन जसले गर्दा उक्त सडक हिउदमा धुलैधुलो र वर्षायाममा हिलैहिलो हुनगई आवागमनगर्ने दैनिक सयौं सवारी साधन र यात्रु प्रभावित वनेका छन भने सडक आसपासका नागरिकहरुको दैनिक जनजीवन अत्यन्त कष्टकर बनिरहेको, वातावरणीय प्रदूषणका कारण जनस्वास्थ्यमा गम्भीर असर मात्र देखिएको छैन काभ्रेकै नमुना विद्यालय सञ्जीवनीमा.वि., धुलिखेल सामुदायिक क्याम्पस, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, छात्रावास भवन, जिल्ला कृषि विकास कार्यालय, सैनिक ब्यारेक लगायत सरकारी भवनहरु, नगरपालिकाको प्रशोधन केन्द्र जाने ढल तथा सडक, खेलमैदान, होटल, व्यवसायिक भवन तथा आसपासका वस्तिका निजी घरहरुमा समेत प्रत्यक्ष क्षति पुग्ने अवस्था छ । 

अरनिको राजमार्ग नेपाल सरकारको कार्य विस्तृतीकरण प्रतिवेदन तथा आयोजना वर्गीकरण मापदण्ड अनुसार संघ अर्थात् नेपाल सरकारको कार्यक्षेत्र भित्र पर्ने भएकोले उक्त निर्माण कार्य तोकिएको समय सीमा भित्रै सम्पन्न गर्न नियामक र अनुगमनकर्ताको भूमिका निर्वाह गर्ने गराउने उद्देश्यले तत्कालीन उपप्रधान एव भौतिक पूर्वाधार तथा यातायात मन्त्री माननीय रघुवीर महासेठ ज्यू लगायत सम्बन्धित पदाधिकारीहरुलाई समय समयमा ध्यानाकर्षण गराउँदै धुलिखेल नगरपालिकाको नगर कार्यपालिका बैठकबाट निर्णय गराई पटक पटकपत्राचार गरिएको छ । वर्तमानभौतिकपूर्वाधार तथा यातायात मन्त्री माननीय देवेन्द्र दाहालज्यू, पूर्व मन्त्री तथा संसदीय समितिलगायत सम्बद्ध पदाधिकारीहरुलाई स्थलगत निरीक्षणका लागि आग्रह, अनुरोध तथा सहजीकरण गर्ने कार्य समेत भई रहेको छ ।

नागरिकको दैनिकीलाई प्रत्यक्ष असर पार्ने विषयवस्तु प्रतिको संवेदनशीलतालाई ध्यानदिदै राज्यको कुनै पनि आयोजना समयमै सम्पन्न गराउन तीन तहको सरकारले आफ्नो क्षेत्राधिकार भित्र रही समन्वय, सहकार्य र साझेदारी गर्नु पर्ने दायित्वअन्तर्गत स्थानीय तहको सरकारको जिम्मेवारीवोध तथा स्थानीय नागरिकबाट समेत विभिन्न समयमा समयमै सडक निर्माण कार्य सम्पन्न गर्न गराउनगरिएको अनुरोध तथा ध्यानाकर्षणलाई समेत नगरपालिकावाट सम्वोधन गरी उल्लिखित भुमिकानिर्वाह गरिरहेको र आगामी दिनमा पनि समयमै उक्त आयोजना मात्रै नभई प्रारम्भ गरिएका सबै आयोजना सम्पन्न गर्न गराउन अनुरोधयुक्त ध्यानाकर्षण गराउँदै नगरपालिकाले निर्वाह गर्नु पर्ने भूमिकामा कुनै कमी नरहने विज्ञप्तिमा उल्लेख छ ।