इन्भेष्टमेन्ट मेगा बैंकका ग्राहकलाई बुद्ध एयरमा छुट

15.79k
Shares

काठमाडौं ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ग्राहकलाई बुद्ध एयरबाट यात्रा गर्दा छुट पाइने भएको छ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआइएमबी) लिमिटेड र बुद्ध एयरबीच भएको सम्झौतामा एनआइएमबीका ग्राहक साथै उनीहरूको परिवार (बुबा, आमा, श्रीमती, छोरा÷छोरी) लाई बुद्ध एयरको हवाई टिकट खरिद गर्दा ८ प्रतिशत छुट दिने भएको छ।

सम्झौताअनुसार टिकटमा छुट लिनका लागि बुद्ध एयरका काउन्टरबाट टिकट खरिद गर्ने ग्राहकले एनआइएमबी डेबिट÷क्रेडिट कार्ड वा एनआइएमबी स्मार्ट एप (मोबाइल बैंकिङ) मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ। यस सम्झौताबाट एनआइएमबीका ग्राहक प्रत्यक्षरूपमा लाभान्वित हुने बैंकको विश्वास छ।