लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर सञ्चालनमा


काठमाडौं ।

लक्ष्मी ग्रुप अटोमोटिभ डिभिजनले न्यू इनर्जी भेहिकलहरूका लागि काठमाडौंको तीनकुनेमा लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । विद्युतीय गाडी र वैकल्पिक ऊर्जाबाट चल्ने गाडीका लागि भनेर छुट्टै सर्भिस सेन्टर शुरू गरिएको हो।

सेन्टरमा अत्याधुनिक प्रविधिका हाइभोल्टेज ब्याट्री चेक जाँच गर्ने उपकरणजस्तै हाइ भोल्टेज ब्याट्री बेलेन्सर, लिफ्टिङ ट्रली, हाइभोल्टेज इन्सुलेटेड टुल्स, एयर टाइट्नेस टेस्टरजस्ता धेरै अत्याधुनिक र विश्वस्तरीय उपकरणका माध्यमबाट परीक्षण र मर्मत हुनेछ। सेन्टरमा सबै प्राविधिक इभी सर्टीफाइड दक्षता हासिल गरेका छ्न्।

सर्भिस सेन्टरमा इभी चार्जिङ पोइन्ट, यथेष्ठ पार्किङ सुविधा र ६ वटा गाडी एकैसाथ सर्भिस गर्न सकिने अत्याधुनिक सर्भिस वेहरू जडान गरिएको छ।

ग्राहक वर्गको विविध आवश्यकता र आकांक्षा पूरा गर्ने लक्ष्य राख्दै लक्ष्मी न्यू इनर्जी सर्भिसले आफ्ना ग्राहकवर्गको सहजता र सहुलियतको लागि सो स्टेसन सञ्चालनमा ल्याएको हो।