मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु


धनुषा।

क्षिरेश्वरनाथ नगरपालिका-७ क्षिरेश्वरनाथ महादेव मन्दिरस्थित सडकमा महेन्द्रनगरबाट ईच्छापुरतर्फ जाँदै गरेको हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने स्विटा यादवकी छोरी ७ वर्षीया रचना यादवको मंगलबार बिहान मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीले हाल फरार मोटरसाइकल चालकको खोजी गर्नुको साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।