७० हजार घण्टा उडान अवधि पूरा गरेको विमानले यात्रु बोक्न नपाउने, बिदाइ गर्दै बुद्ध एयर


काठमाडौं ।

बुद्ध एयरले आज ७० हजार घण्टा उडान अवधि पूरा गरेको एनएआइएन कल साइन भएको एटीआर विमानलाई फेयरवेयल गरी डिकम्पोजमा पठाउँदै छ। सन् २००८ मा नेपाल भित्र्याएको यो जहाजले आफ्नो उडान साइकल पूरा गर्दा नेपाली आकाशमा १८ लाख यात्रु बोकेको छ।

नेपालको आन्तरिक उडान तथा एटीआरको इतिहासमा उडान अवधि पूरा गरी डिकम्पोजमा जान लागेको पहिलो विमान हो। अहिले केही बेरमा त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थलमा एक कार्यक्रम गरी उक्त विमानलाई बिदाइ गर्ने कार्यक्रम छ। जसका लागि सिंगापुरबाट एटीआरका प्रतिनिधिहरू पनि नेपाल आइपुगेको बुद्ध एयरले जनाएको छ। 

आजदेखि यात्रु बोक्न नपाउने उक्त जहाजलाई नेपालमै डिकम्पोज गर्ने कि विदेश पठाउने खुल्न सकेको छैन। जहाजको स्वागत तथा बिदाइमा विशेष कार्यक्रम गर्ने प्रचलन छ। उक्त जहाजमा एटीआरका प्रतिनिधि, बुद्ध एयरका प्रतिनिधिसहितले आज अन्तिम फ्लाइट स्वरूप माउन्टेन फ्लाइट गरेको छ।