विद्यार्थी बोकेको माइक्रोमाथि बिजुलीको पोल ढल्यो


काठमाडौँ।

ललितपुरको जावलाखेलस्थित स्टाफ कलेज अगाडि विद्यार्थी बोकेको माइक्रोमाथि बिजुलीको पोल ढलेको छ । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार फोनिक्स स्कुलका विद्यार्थी बोकेको बा.२ ख २८५० नम्बरको टोयोटा माइक्रोमाथि पोल ढलेको हो।

दुर्घटनाबाट कुनै मानवीय क्षति भने भएको छैन । उक्त माइक्रोमा १८ जना विद्यार्थी सवार थिए।