प्रधानमन्त्रीलाई उपत्यका सडक विस्तार पीडित सङ्घर्ष समितिको ध्यानाकर्षण


काठमाडौँ।

काठमाडौँ उपत्यकामा नदी आसपासमा २० मिटर छाड्नुपर्ने अदालतको आदेश र काठमाडौँ महानगरको सूचना कार्यान्वयन नगर्न माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई उपत्यका सडक विस्तार पीडित सङ्घर्ष समितिले ज्ञापन पत्र बुझाएको छ ।

सोमबार सङ्घर्ष समितिले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्रसहित ध्यानाकर्षण गराएको हो । सङ्घर्ष समितिका तर्फबाट सुमन सायमीको नेतृत्वको टोलीले प्रधानमन्त्रीलाई भेटेर उक्त आदेश कार्यान्वयन भए उपत्यकाका लाखौँ मानिसहरू समस्यामा पर्ने भन्दै ध्यानाकर्षण गराएको हो ।