श्रेष्ठ ओसीएका सदस्यमा निर्वाचित


काठमाडौं ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) का कार्यकारणी कमिटीको सदस्यमा निर्वाचित भएका छन्। श्रेष्ठ ओसीएको स्पोर्टस एन्ड इनभाएरोमेन्ट कमिटीका अध्यक्षमा पनि चिर्वाचित भएका हुन्।


नयाँ दिल्लीस्थित भारत मण्डपमा भएको ओसीएको ४४ औं साधारण सभामा अध्यक्ष उक्त पदमा चुनिएका हुन्। त्यस साधारण सभामा ओसीएको अध्यक्षमा राजा रणधीर सिं निर्वाचित भएका छन्।