ज्ञानोदयलाई नेटबल उपाधि


काठमाडौं ।

आयोजक ज्ञानोदय बालवाटिकाले ज्ञान कार्निभल जुनियर नेटबल प्रतियोगिताको उपाधि आइतबार जितेको छ।
बुङमतीस्थित घरेल कोर्टमा ज्ञानोदयले फाइनलमा मल्पी इन्टरनेसनल स्कुललाई २१–१३ ले पराजित गर्‍यो। ज्ञानोदयकी शुभेच्छा वज्राचार्यले सर्वाधिक १८ स्कोर गरिन् ।

नेपाल नेटबल संघको सहयोगमा भएको प्रतियोगिताका विजेतालाई ज्ञानोदयकी संस्थापक प्रिन्सिपल इन्दिरा याक्थुमबाले एक कार्यक्रमबीच पुरस्कृत गरिन्। यसअघि ज्ञानोदयको ५० औं वार्षिकोत्सवका अवसरमा अन्तरविद्यालय बास्केटबल प्रतियोगिता भएको थियो।