ललितपुरमा निजामती दिवस मनाइयो


 ललितपुर।

अधिकृत समाज ललितपुरले विविध कार्यक्रमको आयोजना गरी यस वर्षको निजामती सेवा दिवस मनाएको छ ।

जिल्लाका विभिन्न सरकारी कार्यालयका प्रमुखहरुको सम्मिलित सो समाजले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहयोगमा भदौं १८ गते रक्तदान कार्यक्रम आयोजना गरेको थियो। सो कार्यक्रमको सुरुआत प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले गरे । विभिन्न सरकारी कार्यालयमा कार्यरत कर्मचारी, सुरक्षाकर्मी र संघसंस्थाका गरी ६० जना रक्तदान गरेका थिए । 

त्यसैगरी लगनखेलस्थित राजदल गणको कभर्डहलमा भदौं २१ गते शुक्रबार ब्याटमिन्टन र भदौं २२ गते शनिवार फुटबल प्रतियोगिता आयोजना गरिएको थियो।

ब्याटमिन्टन प्रतियोगितामा नापी कार्यालयका प्रकाश कुँवर र सुरेन्द्र गिरी प्रथम, प्रहरी प्रभाग बाँडेगाउँ डिलबहादुर दर्लामी र निर्मल गुरुङ द्वितीय, उच्च र जिल्ला अदालतका कृष्णबहादुर पुन र मदन खड्का र कृषि कार्यालय र प्रहरीबाट सुरेन्द्र गिरी र प्रकाश सुनारले तृतीय स्थान हासिल गरेका थिए ।

त्यसैगरी प्रमुख जिल्ला अधिकारी –११ र अधिकृत समाज ललितपुर –११ बीच फुटबल प्रतियोगिता भएको थियो। प्रमुख जिल्ला अधिकारी –११ ले  अधिकृत समाजलाई दुईका विरुद्ध आठ गोलले हराएको थियो। ब्याटमिन्टन खेलका विजयीहरुलाई प्रमुख जिल्ला अधिकारी श्रेष्ठले ट्रफी र फुटबल खेलका सहभागीहरुलाई प्रशंसापत्र प्रदान गरे ।