ट्याक्टरको ठक्करबाट साइकलयात्रीको मृत्यु


महोत्तरी।

गौशाला नगरपालिका-१ इट्टाटारस्थित सडकमा ज.२ त ३० नम्बरको ट्याक्टरको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने राम करण महतोकी छोरी १२ वर्षीया जिया कुमारी सिंहको आइतबार बिहान घटनास्थलमै मृत्यु भएको छ । साथै उक्त ट्याक्टरको ठक्करबाट घाइते भएका २ जना पैदलयात्रीलाई उपचारको लागि जनकपुरतर्फ पठाइएको छ ।

प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।