नेपाली सेनाद्वारा पहिरोमा पुरिएका बालकको उद्धार


काठमाडौँ। नेपाली सेनाले  जाजरकोटको बारेकोट गा.पा. वडा नं.६ मा गएराती गएको पहिरोमा पुरिएर घाइते भएका एक बालकको उद्धार गरेको छ। 

पहिरोमा पुरिएर घाइते भएका ११ वर्षीय बालकलाई उद्धार गरेर आइतबार नेपाली सेनाको हेलिकोप्टरमार्फत थप उपचारको लागि सुर्खेत स्थित कर्णाली प्रदेश अस्पताल ल्याइएको सेनाले जनाएको छ।