पुल हस्तान्तरण नगर्दै जीर्ण: झारो टार्दै सडक डिभिजन सास्ती खेप्दै नागरिक 

1.41k
Shares

 बाजुरा। 

 बाजुरेलीको लाईफलाईन मानिने साँफे–मार्तडी सडक खण्ड अन्तरगत गुँईगाड पुल हस्तान्तरण नगर्दै जीर्ण भएकोछ ।  सदरमुकाम मार्तडी जोड्ने मुख्य सडकमार्ग साँफे–मार्तडी सडक खण्डमा पर्ने बुढिगंगा नगरपालिकाको गुँइगाड खोलाको पक्की ट्रसब्रिजको एक भाग पूरै ढल्केको छ । 

पुुल ढल्केपछि हुनसक्ने सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्न सडक डिभिजन कार्यालय  साँफेबगरले सावधान !!! एक पटक एक गाडीमात्र भन्ने सन्देस छोडेर  वर्षै देखि  झारो टार्दै आएको छ । सार्वजनिक सूचनाको अर्थ कति देखि कतिसम्म भन्ने हो, सडक सञ्जाल जस्तो महत्वपूर्ण संरचनामा नागरिकले सधैँका लागि  सावधानी र हैरानी कति सम्म खेप्ने सम्बद्ध अधिकारीमाथि पेचिलो प्रश्न बनेको छ। सवधानको अर्थ सडक निर्माण अर्थात पुल पुर्ननिमार्ण मर्मत कार्य हुंदैछ केही समयका लागि वैकल्पिक उपाय रोज्नका लागि हुनुपर्ने हो  । तर यहाँ सडक डिभिजनले   महिनौँ देखि टाँसेको होर्डिङ्गबोर्डले नागरिक आवागमनमा थप सास्ती भएको छ। सडकको कार्यालय  बाजुरामा छैन। एक पटक सर्रर गाडीमा आयो सूचना टाँस्यो गयो । समस्या त नागरिकलाई भएको छ , स्थानीयको गुनासो छ ।
 
 उक्त पुल निर्माण कम्पनीले हस्तान्तरण नगर्दै  जीर्ण बनेको हो  ।  पुल जीर्ण भएपछि सडक डिभिजन कार्यालय साँफेले  पलुको छेउमै साइनबोर्ड टाँसेर यातायातका साधान एकतर्फी सञ्चालन गर्न सूचना जारी गरेको छ । 
  
२०६८ असारमा सडक डिभिजन कार्यालय साँफेबगर अछामसँग राजेन्द्र थिगिन जेभीले २०७० साउन ३० भित्र निर्माण कार्य सम्पन्न गर्ने गरी ५ करोड ९६ लाख १ सय १२ रुपैमा ठेक्का सम्झौता गरेको थियो । निर्माण कार्यको जिम्मा लिएको  कम्पनीले सम्झौता अनुसार काम सम्पन्न गर्न सकेन । काम सम्पन्न नगरेपछि ०७१ असार मसान्तसम्म काम सक्ने गरी म्यादथप गरेको थियो । थप गरिएको समयसीमामा पनि निर्माण कार्य सम्पन्न गर्नसकेन । काम सम्पन्न नगर्दा भुक्तानी पनि रोकिएको छ । सडक डिभिजन अछामका कर्मचारी कृष्णबहादुर बुढाले बताए । 

   गुँइगाडको पुलको अवस्था साह्रै दयनीय छ  । यो सडक डिभिजन सांफेको दायीत्व अन्तरगत पर्छ । धेरै पानी परेको अवस्थामा पुल ढल्न सक्ने देखिन्छ तर सडक डिभिजन साँपेसँग पुल संरक्षण गर्न  खोलाको बायाँ किनारा तर्फ तटबन्धन गर्नु प¥यो भन्दा ठेकेदारले हस्ताण्तरण नगरे सम्म मर्मत गर्न नमिल्ने भनी रहेको अवस्था छ  । यदि पुल संरक्षण तत्काल नभएमा गँुइगाड देखि पुनः जीपबाट मार्तडीको यात्रा गर्नु पर्ने बाध्यता हुने छ । तत्कालीन पूर्वाधार विकास कार्यालय  साँफेबगर अछामका प्रमुख एवं इन्जिनियर जङ्गबहादुर थापाले भने । 

      बिसौँ वर्ष सम्ममा पनि हस्तान्तरण भएन भने के हुने ,पुल जीर्ण हुँदै जान्छ र ढल्यो रे  नयाँ बनाउन पनि पुरानो ठेकेदारले हस्तान्तरण गरेको छैन भनी टार्ने हो भने उहीँ पुरानै अवस्था खण्ड खण्ड जीप त होला नि थापाले भने । पुलको डिजाइन फेल भएको हो र ? भन्ने सन्दर्भमा डिजाइन फेल होइन । यो मुद्दा म अख्तियारमा हुँदा  हेरेको छु ।यसको लामो कहानी छ, त्यति खेर काम भइरहेको हुनाले  बढी डिस्टर्ब गर्न नचाहेको थिएँ , इन्जिनियर थापाको भनाई छ ।
 
   २०७५ सालमा निर्माण कम्पनीले काम सम्पन्न गरेको जानकारी दिएको थियो ।   पक्की ट्रस ब्रिजको चेकजाच गर्दा कम्सल सामान र ट्रस ब्रिजमा लगाउनु पर्ने सामग्री स्टिमेट अनुसारको जडान नगर्दा पुल हस्तान्तरण नगर्दै भत्किने आवस्था आएको छ प्राविधिक श्रोतले बतायो । ६० मिटर लम्बाइ  भएको उक्त पुलले ४५ टन लोडभार धान्नु पर्ने हुन्छ ।  पुल महाशाखाबाट आएको इन्जिनियरको टोलीले  पुलको लोड क्षमता चेकजाँच गर्दा  ३० टन लोड पनि  धान्न नसकी लच्किएपछि टोलीले पुल पास नगरी फर्किनुपरेको हो  ।

    २०६८ साल निर्माण कार्य सुरु गरिएको पुल कमसल निर्माण सामग्री प्रयोग गरेर लामो समयसम्म निर्माण कार्य पुरा नभए पछि पुलको एक छेउबाटबाट लेन्टर खुइलिएर सरिया देखिन थालेका छन् । छेउका पिल्लर भाग गुँईगाड खोलाको कटानमा परेका छन् । 

 यद्येपी जीर्ण पुल र हस्तान्तरण प्रक्रिया लम्बिनको कारण बारे सडक डिभिजन कार्यालय अछामका सूचना अधिकारी आकाश श्रेष्ठलाई विवरण उपलब्ध गराइदिन सूचनाको हक प्रयोग गरी निवेदन दिदापनि उनले सूचना दिन चाहेनन् । दुई चार दिन समय लाग्ने भन्दै झारो टारे । गुँईगाड पुल त एक प्रतिनीधिमुलक घटना मात्र हो, माथिल्लो बार्जुगाड, बाउली,  दानचौर पहिरोले मार्तढड िकोल्ट ियातायात महिनौँ देखि अवरुद्ध छ। जडाङ्गा बेलिब्रिज स्थानन्तरण लगायत  बाजुराका प्राय सडक संरचना निर्माणमा सडक डिभिजन कार्यालय अछामले झारो टार्दै आएको छ ,यता नागरिकले सास्ती खेपिरहेका छन् ।