शुक्रबारदेखि राप्तीमा बेपत्ता दुई युवकको अवस्था अझै अज्ञात


चितवन ।

राप्ती नदीमा बेपत्ता भएका दुई युवकको अवस्था अझै अज्ञात छ। शुक्रबारदेखि नदीमा बेपत्ता उनीहरू आइतबारसम्म नभेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण केसीले बताए।

भरतपुर महानगरपालिका–२७ जमुनाघाटस्थित राप्तीखोलामा माछा मार्न गएका उनीहरू बेपत्ता भएका थिए। प्रहरी निरीक्षक केसीले भने, ‘नेपाली सेना, सशस्त्र प्रहरीको गोताखोर टोली, स्थानीय मिलेर नदीमा खोजी जारी राखिएको भए पनि अहिलेसम्म भेट्टाउन सकिएको छैन।’

शुक्रबार २ बजे माछा मार्न निस्किएका भरतपुर महानगरपालिका–२५ का ४३ वर्षीय सञ्जीवकुमार चौधरी र वडा नं २७ का ४५ वर्षीय शुकबहादुर परियारको खोजी आइतबार पनि जारी रहेको उनले जानकारी दिए।