हंगेरीमाथि जर्मनीको शानदार जित


काठमाडौं ।

जर्मनीले युइएफए नेसन्स लिग अन्तर्गत हंगेरीलाई पराजित गरेको छ। गए राति सम्पन्न खेलमा जर्मनीले हंगेरीलाई ५-० गोल अन्तरले पराजित गरेको हो।

जर्मनीको जितमा निकलस फुलक्रुग, जमल मुसियाला, फ्लोरियान विर्त्ज, एल्क्सन्डार पाभ्लोभिक र काइ हार्भेट्जले एक एक गोल गरेका थिए। यो जितपछि समुह ३ मा रहेको जर्मनीको एक खेलमा ३ अंक रहेको छ।

अब जर्मनीले अर्को खेल सेप्टेम्बर ११ मा नेदरल्याण्डससँग खेल्दै छ। त्यस्तै हंगेरीले अर्को खेल सेप्टेम्बर ११ मै बोस्निया हर्ज गोभिनासँग खेल्दै छ।