सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?


काठमाडौं ।

आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। आइतबार सुन तोलाको १२ सयले घटेर एक लाख ५२ हजार एक सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस अघि शुक्रबार सुनको मुल्य अहिलेसम्मकै उच्च १ लाख ५३ हजार ३ सयमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलाको ४५ रुपैयाँले घटेर १७५० मा कारोबार भइरहेको महासंघले जनाएको छ।