गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबल उपाधि


काठमाडौं ।

गोल्डेनगेट इन्टरनेसनल कलेजले प्रथम अन्तरकलेज छात्रा बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ।सानागाउँस्थित रोयल स्पोर्ट्स सेन्ट्रलको कोर्टमा भएको प्रतिस्पर्धात्मक फाइनलमा गोल्डेनगेटले जेभियर इन्टरनेसनल कलेजलाई ४२–४० को साँघुरो अन्तरले पराजित गर्‍यो ।

गोल्डेनगेटकी सन्ध्या डंगोलले सर्वाधिक १८ अंक जोडिन्। उपाधिसंगै गोल्डेनगेटले २० हजार तथा उपविजेता जेभियरले १० हजार नगद र गिफ्ट ह्याम्पर प्राप्त गरे।

प्रोफेसनल एडुकेसन कन्सल्टेन्सी (पीइसी) द्वारा आयोजित प्रतियोगितामा सन्ध्यानै ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भइन्। अत्तिरिक्त समयको खेल ३–१ ले आफ्नो पक्षमा पार्दै गोल्डेनगेटले उपाधि सुनिश्चित गरेको थियो।

निर्धारित समयको खेल ३९–३९ को बराबरीमा टुंगिएको थियो । निर्धारित समयको चार क्वार्टर क्रमशः १०–११, ७–४, ८–१० र १४–१४ को स्थिति रहेको थियो।