रोनाल्डो ९०० गोलमा पुगे



एजेन्सी ।

पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले करिअरमा ९ सयौं गोल गरेका छन् । नेसन्स लिगअन्तर्गत समूह चरणको खेलमा पोर्चुृगलले क्रोएसियालाई २–१ हराउँदा रोनाल्डोले एक गोल गरेका हुन्।

यो गोलसँगैं रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलमा ९ सयौं गोल गर्ने पहिलो फुटबलर बन्दै अर्को एक कोसे ढुंगामा पुगेका छन्। यो पोर्चुगलका लागि भने उनको १३१ औं अन्तर्राष्ट्रिय गोल हो।

त्यसो त ब्राजिलका दुई लिजेन्ड फुटबलर पेले र रोमारियोले १ हजार भन्दा बढी गोल गरेका थिए। तर, उनीहरुका धेरै जसो गोल फ्रेन्डली म्याच, आधिकारिक प्राप्त नभएका गोलहरु गणना नहुँदा गोलसंख्या ७ सयको हाराहारीमा झरेको हो।

डेटाअनुसार पेलले ७७८ गोल र रोमारियोले ७८५ गोल गरेका थिए। रोनाल्डोभन्दा पछि उनका प्रतिद्वन्द्वी लियोनल मेसी रहेका छन् । अर्जेन्टिनी सुपरस्टारले २००४ देखि अहिलेको समयसम्म कूल ८६७ गोल गरेका छन् ।

रोनाल्डोका करिअर : गोल
५ गोल स्पोर्टिङ लिस्बन (पोर्चुगिज लिग)
११८ म्यानचेस्टर यूनाइटेड (प्रिमियर लिगमा पहिलो स्पेल)
४५० रियल मेड्रिड (ला लिगा)
१०१ युभेन्टस (इटालियन सिरी ए)
२७ म्यानचेस्टर यूनाइटेड (प्रिमियर लिगमा दोस्रो स्पेल)
६८ अल नासर (साउदी लिग)
१३१ पोर्चुगल (राष्ट्र)