भदौ १७ गते सोमबार, यस्तो छ तपाईंको राशिफल


मेष : समय बलवान् नभएकाले कार्य नाश, शोक–सन्ताप, धन हानि, सन्तान–कष्ट हुन सक्छ ।

वृष : तपाईंका लागि दिन शुभ देखिँदैन । अपच, दिनचर्या अस्तव्यस्त, दौडधुप, विवाद हुन सक्छ ।

मिथुन : शुभ समयको आगमन भएकाले द्रव्यलाभ, मान–सम्मान, उन्नति–प्रगति हुनेछ ।

कर्कट : सजग रहनुहोला । धन नाश, मानसिक अस्थिरता, असन्तोष, अपव्यय हुन सक्छ ।

सिंह : दिन उत्तम फलदायक छ । धन प्राप्ति, कोसेली प्राप्ति, उत्तम भोजन, कार्य सफल होला ।

कन्या : अस्वस्थता, इष्टमित्रसँग विवाद, चोटपटकको भय हुन सक्ने भएकाले सतर्क रहनुहोला ।

तुला : दिन शुभ भएकाले विविध वस्तु वा सेवाको लाभ, मिष्ठान्न भोजन, द्रव्य प्राप्ति हुने देखिन्छ ।

वृश्चिक : दिन बलियो छ । सुख–सन्तोष, कार्यसिद्धि, निरोगिता, काममा सन्तुष्टि हुने देखिन्छ ।

धनु : समय अनुकूल नभएकाले राज्य भय, अपयश, व्यर्थको यात्रा, व्यापारमा व्यवधान आउन सक्छ ।

मकर : समय अनुकूल छैन । रोगको भय, कार्यमा बाधा, धन हानि, अस्वस्थता हुने देखिन्छ ।

कुम्भ : दिन बलवान् छ । धनलाभ, समस्याको समाधान, पठनपाठनमा सफलता हुने देखिन्छ ।

मीन : शुभ समयको आगमन भएको छ । द्रव्यलाभ, शत्रु विजय, खेल–परीक्षा आदिमा सफलता होला ।