तीनदेखि पाँच पटकसम्म प्रधानमन्त्री बनेका यी ७ नेता


नेपालको इतिहासमा सबैभन्दा बढी प्रधानमन्त्री हुने जीवित नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हुन्। उनी अहिलेसम्म पाँचपटक प्रधानमन्त्री भएर छैटौं पटक प्रधानमन्त्रीको लाइनमा छन्।

उनीबाहेक गिरिजाप्रसाद कोइराला र सूर्यबहादुर थापा पनि पाँचपटक प्रधानमन्त्री भएका थिए। यसैगरी, चारपटक प्रधानमन्त्री बन्नेमा वर्तमान प्रधानमन्त्री केपी ओली र लोकेन्द्रबहादुर चन्द हुन्।

त्यस्तै, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पञ्चायती नेता कीर्तिनिधि विष्टले तीनपटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्। यी नेताहरूमध्ये देउवा, ओली र दाहालबाहेक चार नेता हामीमाझ छैनन्।

केपी शर्मा ओली
विसं २०७२–६–२५ देखि २०७३–४–१९,
२०७४–११–३ देखि २०७८–१–३०,
२०७८–१–३० देखि २०७८–३–२९ र
२०८१–०३–३० देखि
पुष्पकमल दाहाल ‘प्रचण्ड’
विसं २०६५–२०६६,
२०७३–०४–१९ देखि २०७४–०२–२३,
२०७९–०९–१० देखि २०८१–०३–३१
शेरबहादुर देउवा
विसं २०५२–२०५३,
२०५८–२०५९,
२०६१–२०६१,
२०७४–०२–२४ देखि २०७४–११–०३,
२०७८–०३–२९ देखि २०७९–०९–१०
गिरिजाप्रसाद कोइराला
विसं २०४८–२०५१,
२०५४–२०५५,
२०५५–२०५६,
२०५६–२०५८,
२०६३–२०६५
सूर्यबहादुर थापा
अध्यक्ष मन्त्रिपरिषद्–विसं २०२१–२०२३
प्रधानमन्त्री विसं २०२३–२०२५
विसं २०३६–२०४०
विसं २०५४–२०५४
विसं २०६०–२०६१
कीर्तिनिधि विष्ट
विसं २०२५–२०२६
विसं २०२८–२०३०
विसं २०३४–२०३६
लोकेन्द्रबहादुर चन्द
विसं २०४०–२०४२
विसं २०४६–२०४७
विसं २०५३–२०५४
विसं २०५९–२०६०