बराबरीमा रोकियो रियल म्याड्रिड


काठमाडौं ।

स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिड बराबरीमा रोकिएको छ। गए राति सम्पन्न खेलमा रियल म्याड्रिड लस पालमाससँग १-१ गोलको बराबरीमा रोकिएको थियो।

लस पलमासले खेलको पाँचौँ मिनेटमा नै अल्बेर्टो मोलेरिओको गोलमा सुरुवाती अग्रता लिएको थियो। त्यसपछि खेलको ५९औँ मिनेटमा रियल म्याड्रिडका भिनिसियस जुनियरले पेनाल्टीबाट गोल गर्दै खेल बराबरी गरेका थिए।

यस सिजनको तेस्रो खेलमा रियल म्याड्रिडको यो दोस्रो बराबरी हो । रियल म्याड्रिडले यससँगै नयाँ सिजनमा औसत सुरुवात गरेको छ। यसै सिजन देखि रियल म्याड्रिडबाट खेलिरहेका किलीयन एम्बाप्पेले अहिलेसम्म आफ्नो प्रभाव देखाउन नसक्दा रियल म्याड्रिड दबाबमा देखिएको छ।

यो बराबरीपछि रियल म्याड्रिडको ३ खेलमा ५ अङ्क भएको छ भने लस पलमासको ३ खेलमा २ अङ्क रहेको छ।