भदौ १४ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल


मेष : समय बलवान् छ । धन, प्रतिष्ठा बढ््नेछ तर मध्याह्नबाट तनाव, खर्च होला ।

वृष : दिउँसोसम्म तनाव, अनुपलब्धिमूलक खर्च तर त्यसपछि लाभ, ऐश्वर्य प्राप्ति होला ।

मिथुन : समय मिश्रित छ । सफलता, धनलाभ भए पनि दिउँसोदेखि भने कार्यबाधा, खर्च हुनेछ ।

कर्कट : धन नाश, बाधा–व्यवधान होला तर मध्याह्नबाट भने समय तपाईंको अनुकूल हुनेछ ।

सिंह : मिष्ठान्न भोजन, द्रव्य लाभको सम्भावना भए पनि दिउँसोदेखि भने झमेला आइलाग्ला ।

कन्या : तपाईंका लागि दिन शुभ छ । निरोगिता, स्फूर्ति बढ्ने, इष्टमित्रसँग भेटघाट, धनलाभ होला ।

तुला : मान–सम्मानमा गिरावट, राज्यबाट डर भए पनि मध्याह्नदेखि भने सुख–सन्तोष हुने देखिन्छ ।

वृश्चिक : दिन शुभ देखिँदैन । असफलता, धननाश, पढाइ–खेलकुदमा निराशा नहोला भन्न सकिन्न ।

धनु : दिउँसोसम्म मान–सम्मान बढ्ने, आर्थिक लाभ हुने देखिन्छ तर दिउँसोदेखि दुःख–कष्ट हुन सक्छ ।

मकर : समय शुभ फलदायक छ । परीक्षा–खेलकुदमा विजय, प्रतिष्ठा वृद्धि, धनलाभ हुन सक्छ ।

कुम्भ : शुरुमा पेट गडबड भए पनि दिउँसोदेखि भने आराम मिल्नाले मन प्रफुल्ल हुने देखिन्छ ।

मीन : समय शुभ देखिँदैन । पारिवारिक झमेला, अस्वस्थता, अस्तव्यस्त, विवाद हुन सक्छ ।