इतिहासको कालखण्डमा २ पटकसम्म सरकारको नेतृत्व गरेका पाँच हस्ती

0
Shares

नेपालको इतिहासमा राणा प्रधानमन्त्री जंगबहादुर राणाले सम्भवतः पहिलो पटक दोह¥याएर सरकारको नेतृत्व गरेका थिए । उनले लगातार ३० वर्ष सरकार प्रमुख भएर शासन गरेका थिए ।

त्यसपछि २००७ सालको क्रान्तिपछि २००८ सालमा गठन भएको पहिलो नागरिक सरकारको प्रधानमन्त्री बनेका मातृकाप्रसाद कोईरालाले पनि दुई पटक सरकारको नेतृत्व गरे । २००८ सालमा नेपाली कांग्रेसबाट अलग्गिएका कारण पदावधी पूरा नगरीकनै

प्रधानमन्त्री पद त्यागेका मातृकाप्रसाद २०११ सालमा फेरि दास्रो पटक प्रधानमन्त्री बनेका थिए ।
त्यसैगरी डा. तुलसी गिरी, नगेन्द्रप्रसाद रिजाल र कृष्णप्रसाद भट्टराई पनि दुई पटकसम्म सरकारको नेतृत्वमा पुगेका थिए ।
को -कहिले पुगे सरकारको नेतृत्वमा
जंगबहादुर राणा
वि.सं.१९०३ – १९१३, विसं. १९१४ – १९३३
मातृका प्रसाद कोईराला
वि.सं.२००८ – २००९, वि.सं.२०१० – २०११
डा. तुलसी गिरी
अध्यक्ष मन्त्रिपरिषद्– वि.सं. २०१९ – २०२१
प्रधानमन्त्री– वि.सं. २०३२ – २०३४
नगेन्द्रप्रसाद रिजाल
वि.सं.२०३० – २०३२, वि.सं . २०४२
कृष्णप्रसाद भट्टराई
वि.सं. २०४७ – २०४८, विसं २०५६ – २०५६