छोराले साकार पारेको ओलम्पियन बाबु–आमाको सपना

2.54k
Shares

एजेन्सी ।

केहि साताअघि सम्पन्न पेरिस ओलम्पिक २०२४ मा नयाँ रेकर्डहरु बने । साथसाथै सफलताका नयाँ कथाहरु पनि बुनिए । जसमध्येको एउटा कथालाई सम्झनु पर्ने नै हुन्छ। फ्रान्समा एक पौडीवाज थिए, जेभियर। उनले सन १९९८ मा अस्ट्रेलियाको पर्थमा भएको वल्र्ड एक्वेटिक्स च्याम्पियनशिपको २ सय मिटर ब्यक्तिगत मेड्लेतर्फ सिल्भर मेडल जितेका थिए।

त्यतिमात्र होईन फ्रान्सको लागि उनले ओलम्पिकसम्म खेलेका थिए। उनलाई फ्रान्सका राम्रो पौडीवाजहरूमध्येमा गनिन्छ। उनले सन १९९६ र २००० को ओलम्पिकमा खेलेका थिए। राम्रो पौडीवाज भएर पनि जेभियर अभागी खेलाडी थिए । किनभने उनले ओलम्पिकमा कहिल्यै पनि मेडल जित्न सकेनन।

त्यस्तै अवस्था उनको पत्नीको पनि थियो । जेभियरको पत्नी सेलिने बोन्नेट पनि कुशल पौडीवाज थिइन् र उनले पनि फ्रान्सको लागि सन १९९२ को बार्सिलोना ओलम्पिकमा भाग लिएकी थिईन । तर, पदकको मामिलामा भने उनलाई पनि भाग्यको साथ मिलेन । यसर्थमा उनीहरू दुवै अभागी थिए । अथवा भनौं उनीहरूमा गोल्ड जित्न लायक प्रतिभा नै थिएन । जेभियरलाई ओलम्पिकमा गोल्ड जित्न नसकेकामा सधैं पीडाबोध हुन्थ्यो । उनलाई ओलम्पिकमा आफ्नो कारणले राष्ट्रगान बजाउन नसकेकोमा अफसोस लाग्ने गरेको विभिन्न सञ्चारमाध्यममा दिइएको अन्तरवार्ता क्रममा भन्ने गर्थे। तर, उनले हार भने मानेनन। जेभियरले आफ्ना आशाहरू आफ्नो छोरामा खोज्न थाले। उनका छोरा पनि प्रतिभाशाली थिए । जेभियर र उनकी पत्नी आफ्नो छोरालाई काबिल बनाउन लागिपरे । कडा मेहनत गर्न थाले। जसको नतिजा छोरा पनि ओलम्पिकमा पुग्यो । सन २०२० को टोकियो ओलम्पिकमा जेभियरको छोराले छैठौँ स्थानमा रहेर प्रतिस्पर्धा टुंग्याए। उनले पनि पदक पाउने कुरै थिएन।

यो नतिजाले जेभियरलाई शान्त भएर बस्न दिइरहेको थिएन । ओलम्पिक गोल्ड छुने सपना अझै उसको आँखा अघि नाचिरहेको थियो । जसलाई साकार पार्न उनले आफ्ना छोराको लागि त्यो प्रशिक्षण स्कूल छाने, जहाँ माइकल फेल्प्सको कोच बब बाउम्यान मुख्य प्रशिक्षक थियो । जेभियरले आफ्नो छोरालाई ओलम्पिक गोल मेडलिस्ट बन्नका लागि हर प्रयास जारी राखेका थिए । छोरा पनि आफ्नो सबै कुरा लगाएर बाबुआमाको सपना साकार पार्न हर सम्भव कोशिसमा व्यस्त बने । उसको जीवनको एक मात्र उद्देश्य ओलम्पिक गोल्ड जित्नु थियो । पौडेर नै उसले आफ्नो दिनचर्या बिताउँथे । यो देखेर उसका कोचलाई पनि उसमा विश्वास बढेको थियो ।

चार वर्षपछि पालो आयो ओलम्पिक २०२४ को । जेभियर पति–पत्नीको आशा आकासिएको थियो । नहोस पनि किन । छोरोले गोल्ड जित्यो भने उनीहरुको सपना पूरा भएर सुकुन जो पाउने थियो । जीवनभर गुम्सिएका तनावबाट मुक्ति पाउने थियो । खेल छोडेपछि ती पति–पत्नीको मुख्य काम भनेकै छोरालाई गोल्ड जित्नका लागि तयार गर्नुमा बितेको थियो । उनीहरू आफ्नो सम्पूर्ण समय र धन आफ्ना छोरामा खर्च गर्दै थिए । किनकी उनीहरु आफ्नो सपना छोराले पूरा गरेको हेर्न चाहन्थे ।

जसलाई अन्ततः उनको छोराले पूरा गरेरै छाडे । २०२४ को ओलम्पिकमा २२ वर्षीय उनका छोराले ४ गोल्ड मेडल र एक कांस्य सहित कुल ५ पदक लिएर सर्वश्रेष्ठ खेलाडी बने । उनै खेलाडीको नाम हुन फेस अफ द गेम कहलिएका लिओन मर्चेन्ड । लिओन जसले पदक तालिकामा एक्लै १ सय ८६ देशहरूलाई पछि पारिदिए । आफ्नो देशका लागि एकभन्दा बढी पदक जित्ने लियोन पहिलो फ्रेन्च खेलाडी बनेर नयाँ इतिहास रचे । केही कथाहरू लामो हुन्छ तर ढिला गरी पूरा हुन्छन् । तर, जब पूरा हुन्छन् नि तब कालजयी बन्छन ।

लियोन मर्चेन्डले २०२४ पेरिस ओलम्पिकमा अद्भुत प्रदर्शन गर्दै धेरै ओलम्पिक रेकर्ड तोडेर स्वर्ण पदक जिते । उनले तोडेका ओलम्पिक रेकर्डहरू यहाँ प्रस्तुत गरिएको छ :
पुरुषको ४०० मिटर व्यक्तिगत मेड्लेमा मर्चेन्डले स्वर्ण पदक जित्ने क्रममा ४ः०२.९५ समयका साथ नयाँ ओलम्पिक रेकर्ड कायम गरे ।
पुरुषको २०० मिटर बटरफ्लाईमा मर्चेन्डले स्वर्ण पदक जित्ने क्रममा १ः५३.३७ समयका साथ नयाँ ओलम्पिक रेकर्ड कायम गरे ।
पुरुषको २०० मिटर ब्रेस्टस्ट्रोकमा मर्चेन्डले स्वर्ण पदक जित्ने क्रममा २ः०६.५९ समयका साथ नयाँ ओलम्पिक रेकर्ड कायम गरे ।
पुरुष २०० मिटर व्यक्तिगत मेड्लेमा मर्चेन्डले स्वर्ण पदक जित्ने क्रममा १ः५४.०६ समयका साथ नयाँ ओलम्पिक रेकर्ड कायम गरे ।