एकीकृत समाजवादीको पदाधिकारीमा को-को भए निर्वाचित ?


काठमाडौं ।

नेकपा एकीकृत समाजवादीको पदाधिकारीका लागि भएको निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ। अन्तिम परिणामअनुसार महिला उपाध्यक्षमा जयन्ती देवी राई निर्वाचित भएकी छिन्। उनले रामकुमारी झाँक्रीलाई पराजित गरेकी हुन् ।

त्यस्तै उपाध्यक्ष (मधेशी) मा धर्मनाथ प्रसाद साह, खुला उपाध्यक्षमा डा. गंगालाल तुलाधर, जगन्नाथ खतिवडा, भानुभक्त जोशी र प्रकाश ज्वाला विजयी भएका छन्।

यस्तै, उपमहासचिवमा खुलातर्फ गरिमा शाह, राजेन्द्र राई, रामकुमार भट्टराई, मेटमणि चौधरी निर्वाचित भए। त्यस्तै सचिवमा गणेश बिक, बलदेब चौधरी, श्रीनाथ बराल, साबित्रा भुषाल, शेरबहादुर कुँवर, सोमप्रसाद पाण्डे र चन्द्रबहादुर शाही निर्वाचित भएका छन्।