अल फेइहामाथि अल नासरको शानदार जित


काठमाडौं ।

साउदी प्रो लिगमा अल नासरले जित हासिल गरेको छ। गएराति सम्पन्न खेलमा अल नासरले अल फेइहामाथि ४-१ गोल अन्तरको फराकिलो जित हासिल गरेको हो।

अल नासरको जितमा टालिस्काले दुई गोल गरे भने क्रिस्टियानो रोनाल्डो र मार्सेलो ब्रोजोभिकले एक एक गोल गरेका थिए। यस खेलमा रोनाल्डोले फ्री-किकबाट गोल गरेका थिए भने एक गोल असिस्ट गरेका थिए।

त्यस्तै अल फेइहाका लागि फेसन सकालाले एक गोल गरेका थिए। यस सिजनको पहिलो खेल बराबरी खेलेको अल नासरको यो जितपछि २ खेलमा ४ अंक भएको छ । त्यस्तै अल फेइहले भने लगातार दोस्रो खेलमा हार बेहोरेको छ।