आईसीसीको अध्यक्षमा जय शाह निर्विरोध निर्वाचित


काठमाडौं ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्डका सचिव जय शाह अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्।

आईसीसीको स्वतन्त्र अध्यक्ष पदमा आज जय शाहले मात्र मनोनयन दर्ता गरेपछि उनी निर्विरोध अध्यक्षमा निर्वाचित भएका हुन्। वर्तमान अध्यक्ष ग्रेग बार्क्लेले आफ्नो तेस्रो कार्यकालका लागि अध्यक्ष नबन्ने बताएपछि उनको कार्यकाल आउँदो नोभेम्बरसम्मका लागि मात्र थियो। अब जय शाहले डिसेम्बर १ देखि अध्यक्षको कार्यभार सम्हाल्ने छन्।

अध्यक्षमा निर्वाचित भएपछि शाहले क्रिकेटलाई अझ बढी लोकप्रिय बनाउन काम गर्ने बताएका छन्। शाहको कार्यकाल दुई वर्षको हुने छ भने उनी तीन पटकसम्म अध्यक्ष हुन पाउने नियम रहेको छ।