भदौ १२ गते बुधबार, यस्तो छ तपाईंको राशिफल


मेष : बिहान खर्च, त्यसपछि उपहार–खाद्यसामग्री प्राप्ति, कार्य सफल होला ।

वृष : बिहान धनलाभ, खुशी तर त्यसपछि मानसिक चञ्चलता, आर्थिक क्षति होला ।

मिथुन : शुरुमा विवाद र खर्च भए पनि दिनभर लाभ, सुख–शान्ति हुने सम्भावना छ ।

कर्कट : बिहान आर्थिक लाभ, मिष्ठान्न भोजन, त्यसपछि भने दुःखद यात्रा, तनाव होला ।

सिंह : समय शुभ छ, आँटेको काम पूरा हुने, धनलाभ, विद्याप्राप्ति, सफलताको योग छ ।

कन्या : बिहान राज्यभय तर दिनभरि कार्यसिद्धि, सुख–सन्तोष, सफलता होला ।

तुला : दिन अशुभ छ, अस्वस्थता, व्यापारमा असफलता, मान–सम्मानमा बाधा, खर्च होला ।

वृश्चिक : बिहान लाभ भए पनि त्यसपछि कष्ट, कार्यबाधा, दौडधुप होला, सजग रहनुस् ।

धनु : समय शुभ छ, पढाइ, मुद्दामामिलामा विजय, धनलाभ, मान–सम्मानमा वृद्धि होला ।

मकर : बिहान पेटको समस्या भए पनि कार्य सफल होला, आर्थिक लाभ, विजय हुनेछ ।

कुम्भ : दिनचर्या अस्तव्यस्त, झमेला, तनाव बढ्नाले अस्वस्थता ननिम्तेला भन्न सकिन्न ।

मीन : बिहान द्रव्यलाभ, प्रगति तर त्यसपछि भने दौडधुप, तनाव बढ्ने सम्भावना छ ।