भारतीय पर्फ्युम ब्रान्ड ‘बेलाभिटा’ नेपाली बजारमा


काठमाडौँ ।

भारतीय पर्फ्युम ब्रान्ड बेलाभिटा नेपाली बजारमा सार्वजनिक भएको छ । औपचारिक रूपमा नेपाली बजारमा भित्रिएसँगै कम्पनीले आफ्नो वैश्विक विस्तारतर्फको यो महत्त्वपूर्ण कदम भएको बताएको छ ।

गुणस्तर, इन्नोभेसन र ग्राहकको सन्तुष्टिका कारण बेलाभिटाले भारत र संयुक्तराज्य अमेरिकामा महत्त्वपूर्ण सफलता प्राप्त गरेको बताएको छ । कम्पनीले अमेजोन अमेरिकामा यो टपमध्येमा सूचित भएको बताएको छ ।

यसअघि बेलाभिटा ब्राण्ड भारत र संयुक्तराज्य अमेरिकामा प्रख्यात छ । ती देशमा गुणस्तर तथा ग्राहकको सन्तुष्टिका कारण उक्त ब्राण्ड लोकप्रिय रहेको कम्पनीको दाबी छ ।

कम्पनीको दाबी अनुसार अनलाइन मार्केटिङ अमेजोन अमेरिकामा बेलाभिटा ब्राण्डको पर्फ्युम टप मध्येमा सूचित भएको छ ।

नेपालमा कन्ज्युमर एक्सेस कम्पनीसँगको सहकार्यमा पाँच हजार स्टोरमार्फत बेलाभिटा उपलब्ध गराउने कम्पनीले जनाएको छ । हाल बेलाभिटा भाटभटेनी सुपरमार्केटमा उपलब्ध छ । साथै दराज र जेभीलगायत अनलाइन साइटमा पनि यो उपलब्ध रहेको कम्पनीले जनाएको छ ।