प्रचण्डले आज संसदमा सम्बोधन गर्ने


काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्ने भएका छन्।

आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रचण्डले सम्बोधन गर्ने भएका हुन्। उनले समसामयिक राजनीतिक विषयमा सम्बोधन गर्ने प्रचण्डको सचिवालयले जानकारी दिएको छ।