गोल्डेनपिक र भ्याली पब्लिकलाई उपाधि


काठमाडौं ।

गोल्डेनपिक र भ्याली पब्लिकले १८ औं ग्रीनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन्। गोल्डेनपिक सिनियर र जुनियर ब्वाइजमा च्याम्पियन बनेको हो भने भ्याली पब्लिक सिनियर गल्र्समा विजेता बन्यो।

धापासीस्थित आयोजक ग्रीनल्यान्डको कोर्टमा भएको सिनियर ब्वाइजको फाइनलमा गोल्डेनपिकले एचएचसीएलाई ५३-४३ ले पराजित गर्‍यो। जुनियर ब्वाइजमा गोल्डेनपिकले भ्याली पब्लिकलाई २७-२३ ले हरायो। सिनियर गल्र्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले फेरिल्यान्डलाई ३७–२८ ले पाखा लगायो।

सिनियर ब्वाइजमा गोल्डेनपिकका सुविन तामाङ, सिनियर गल्र्समा भ्याली पब्लिककी एलिना गौचन र जुनियर ब्वाइजमा गोल्डेनपिकका नेल्सन गुरुङ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए। सिनियर ब्वाइजमा एचएचसीएका डेविड राई, सिनियर गल्र्समा ग्रिनल्यान्डकी न्यादिका गुरुङ र जुनियर ब्वाइजमा सत्य साइका बालकृष्ण पटेल उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए।

सिनियर ब्वाइजमा ग्रिनल्यान्डका सुरेश बिसी (८७ अंक), सिनियर गल्र्समा फेरिल्यान्डकी अपेक्षा ढुंगाना (६३ अंक) र जुनियर ब्वाइजमा भ्याली पब्लिकका अशोक विक (४२ अंक) सर्वाधिक स्कोरकर्ताको सूचीमा शीर्ष स्थानमा रहे। सिनियर ब्वाइजमा स्कोलर्स होम एकेडेमी, सिनियर गल्र्समा तेजस्वी र जुनियर ब्वाइजमा ज्ञान संस्कार उदीयमान टिम चुनिए।