मदिरा पार्टीमा कांग्रेस नेताबीच कुटाकुट, दुवै घाइते 


काठमाडौँ। 

 अछाममा जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर कुँवर र नेपाली कांग्रेसका जिल्ला प्रवक्ता पदम शाहबीच मदिरा पार्टीमा कुटाकुट भएको छ ।

आइतबार राति जिल्ला समन्वय समितिको सरकारी निवासमा मदिरा सेवन गरेका दुई नेताबीच कुटाकुट हुँदा दुवै जना घाइते भएका छन् । कुटपिटका क्रममा समन्वय प्रमुख कुँवरको टाउकोमा गम्भिर चोट लागेको छ भने शाहको हातमा चोट लागेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।

राति साढे १० बजे रक्सी खाएकै ठाउँमा कुटाकुट भएको खबर प्रहरीले पाएको थियो । प्रहरीले दुवैजनालाई नियन्त्रणमा लिएर जिल्ला अस्पताल पुराएको थियो । स्वास्थ्य परीक्षणमा दुवैजनाले मदिरा सेवन  गरेको पाइएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरीक्षक (डीएसपी) ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।