साउदी लिगमा अल हिलालको विजयी सुरुवात


काठमाडौँ ।

साउदी प्रो लिगको नयाँ सिजनमा अल हिलालले विजयी सुरुवात गरेको छ । गएराति सम्पन्न खेलमा अल हिलालले अल अख्डोउडलाई ३-० गोल अन्तरले पराजित गर्दै सिजनमा विजयी सुरुवात गरेको हो ।

साउदी प्रो लिगको डिफेन्डिङ च्याम्पियन समेत रहेको अल हिलालको जितमा अलेक्सन्डर मिट्रोभिकले २ गोल गरेका थिए भने सेर्गेज मिलिनकोभिक साभिकले एक गोल गरेका थिए । यो जितपछि अल हिलालले महत्त्वपूर्ण ३ अंक हासिल गरेको छ ।