रामेछाप ।
रामेछापको दोरम्बा-शैलुङ गाउँपालिका- ३ लेकखर्क पहरी गाउँमा गएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ। गए राति वर्षासँगै आएको पहिरोमा परेर बेपत्ता भएकामध्ये ६ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख डीएसपी प्रदीप कुमार सिंहले जानकारी दिए।
मृत्यु हुनेमा ३० वर्षीया चण्डिका श्रेष्ठ र उनका १८ महिने छोरा आमुस श्रेष्ठ, ५७ वर्षीया उर्मीला पहरी, ३० वर्षीय सञ्जिव पहरी, ११ वर्षीय सन्तोष पहरी र १४ वर्षका विज्ञान पहरीको रहेका छन्। मृतक सबै पहरी गाँउकै रहेको उनले बताए।
पहिरोले ३ घर पुरिँदा अन्य ४ जना बेपत्ता भएका छन्। उनीहरूको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले खोजी गरिरहेको छ।













प्रतिक्रिया