चितवन ।
नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका-२९ स्थित घुमाउनेमा यात्रुवाहक बस दुर्घटनामा परेको छ। महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेकाे सु प्र प्र ०२ ००१ ख १३३२ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ।
बस अनियन्त्रित भएर दुर्घटनामा परेको र सडक किनारमा कोल्टे परेकाले ठुलो क्षति हुन बाट बचेको प्रहरीले जनाएको छ।दुर्घटनामा १० जना घाइते भएको र उद्धार जारी रहेको छ। घटनाबारे थप विवरण आउन बाँकी छ ।











प्रतिक्रिया