टुप्पी बाँधेर पढे, ‘मान्छेको मन’ लेखे

6.3k
Shares

“२०२१ सालमा मामाघरको स्कुलमा मेरो पढाई शुरु भयो । ६ कक्षा नपढी सात कक्षामा भर्ना भएँ । त्यसवेला मेरो उमेर ११ वर्ष भइसकेको थियो ।

हाम्रो नाता पर्नेहरु केही बनारसमा पढ्नेहरु थिए । गाउँका मानिसहरु जम्मा भएपछि युवा पुस्तामा फलानो त विद्धान हुन्छ, बनारसमा पढिरहेकोछ भन्थे । स्कुलमा नपढ्ने भागीभागी हिड्नेमा म र अर्को एकजना गाउँले दाईको नाम आउँथ्यो ।
अरुले जे भने पनि सात कक्षाबाट चाहिँ मैले ध्यान दिएर पढ्न थालेँ ।

तर पनि मेरो पढाइको स्तर चाहिँ निकै कमजोर थियो । हिसाव पहिलेदेखि राम्रै थियो तर अंग्रेजी केही आउँदैनथ्यो । अरु विषय ठिकै थियो । कक्षामा २०र२५ जना थिए, त्यसमा सवैभन्दा कमजोर मै थिएँ । पछाडि बेञ्चमा बस्थेँ । सोधेको केही आउँदैनथ्यो । सरले सोधे भने उभिइरहन्थेँ केही भन्न नसक्ने । हात थाप भनेपछि थाप्थेँ, छडीले पिट्थे, सहेर वस्थेँ ।

बनारसमा विद्यार्थीहरु टुप्पी कसरेर पढ्छन्, विद्धान हुन्छन् भन्थे । दुःख नगरी पढ्न सकिन्न, टुप्पीमा डोरीले माथि लगेर बाँधेपछि चाँडो पढ्न आउँछ भन्थे । ‘धावन्ते खेती, घोकन्ते विद्या’ भन्ने उखान प्रचलिन थियो । मलाई हो जस्तो लाग्यो र एकजना माथिल्लो कक्षाको दाईलाई सोधेँ । कसरी घोक्ने भन्दा पलेटी मारेर आँखा बन्द गर्ने र टुप्पी माथि लगेर बाँध्ने भने । टुप्पी बान्दा कसरी ज्ञान आउँछ ? भनेर सोधेको ‘टुप्पीमा दिमागको मुल जरो हुन्छ, ज्ञान वस्ने त्यहीँ हो, बाँधे पछि त्यसको दुखाइले ज्ञानको ढोका खुल्छ, पढ्न छिटो आउँछ भने ।

मलाई हो जस्तो लाग्यो, त्यसै गरेँ, तर के हुनु भएन, झन दुख्यो मात्र । एकपटक त मेरो टुप्पीमा डोरीको गाँठो कसिएछ फुकाउनै सकिन, अरुलाई बोलाउनु प¥यो । १५–२० दिनसम्म स्कुल र गाउँमा हाँसोको पात्र भएँ । अहिले पनि भेट हुँदा मामाघरका दाईहरुले ‘बाबुले त टुप्पी बाधँेर पढेको हो’, भन्छन्, जिस्काउँछन् ।”

बरिष्ठ मानसिक रोग विशेषज्ञ डा. विश्वबन्धु शर्माको चर्चित पुस्तक ‘मान्छेको मन’ मा उल्लिखित यो अंश पढ्दा त्यही टुप्पी कसेर पढ्ने ब्याक बेन्चर विश्व बन्धु नै मानसिक रोग विशेषज्ञ डा. विश्व बन्धु हो कि होइन भन्ने धेरैलाई लाग्छ । यति मात्र होइन स्कुल शिक्षा आर्जनका क्रममा उहाँले अनेकौं झन्जट र संघर्ष ब्यहोरेको उहाँको पुस्तकबाट थाहा हुन्छ । उहाँकै भनाइअनुसार पनि उहाँको बाल्यकालको परिवेश आजको अवस्थामा आइपुग्न प्रोत्साहित गर्ने खालको थिएन, निराशा र चुनौतीले भरिएको थियो ।
स्कुल शिक्षा मात्र होइन, आइएस्सी पढ्दा फस्र्ट टर्मिनल परीक्षामा नेपाली विषयबाहेक सवैमा फेल भएर पनि हार नखाएका डा विश्वबन्धु शर्माले आफ्नो पढाइलाई सुधार गर्दै छात्रबृत्तिमा पढेर एउटा अब्बल चिकित्सकको रुपमा काम गर्नुका साथै मानसिक रोग सम्बन्धी थुप्रै पुस्तकहरु प्रकाशन गरिसक्नु भएको छ भने केही पुस्तक लेखनका क्रममा रहेका छन् ।

प्रकाशित पुस्तक मध्ये ‘मान्छेको मन’ मानसिक रोगहरुबारे सवैलाई काम लाग्ने जानकारीका साथै उहाँको जीवनी समेटिएको प्रेरणादायी र ज्ञानबद्र्धक पुस्तक हो ।स्कुल शिक्षा विग्रिदैमा वा एक दुई पटक फेल हुँदैमा जीवन सकिदैन, नत भविष्य अन्धकार नै हुन्छ, बरु कुनै पनि विषयमा निरन्तर लागिरहेमा आफू सफल भइने मात्र होइन, समाज र देशका लागि पनि केही योगदान गर्न सकिन्छ भन्ने प्रेरणा उक्त पुस्तक ‘मान्छेको मन’ले दिन्छ । मन्जरी प्रकाशन, पुतली सडकले प्रकाशित गरेको यो पुस्तक अहिले चौथो संस्करण प्रकाशनको तयारीमा रहेको बुझिएको छ ।

धेरै किशोरकिशोरीहरु डिप्रेसन, एन्जाइटी, ओसिडीलगायत विभिन्न मानसिक समस्याले ग्रस्त रहेको बर्तमान प्रतिस्पर्धात्मक युगमा यस पुस्तकले मानसिक रोगलाई बुझ्न र त्यसको उपचार गर्न प्रेरित गर्ने मात्र होइन स्कुल शिक्षा कमजोर भए पनि त्यसलाई सुधार गरेर शैक्षिक तथा व्यावसायिक क्षेत्रमा सफलता हासिल गर्ने सम्भावनाहरु रहन्छन् भन्ने प्रेरणादायी उदाहरण यस पुस्तकमा पाइन्छ ।

नयाँ जीवन दिन सकिन्छ
डा विश्वबन्धु शर्माको अनुभवमा, ‘डाक्टरको प्रयासले मात्र मानसिक विरामीको जीवनको गुणस्तर फरक पार्न सकिदो रहेनछ । कतिपय केसमा समाजको भूमिका, परिवारको भूमिका अहं हुन्छ । रोग मात्र निको पारेर जीवनको मूल्य र जीवनको गुणस्तर दिन सकिदो रहेनछ । रोग निको पार्न आवश्यक पर्ने धेरै तत्व मध्ये डाक्टर एउटा मात्र हो, सवै होइन । मानसिक रोग उपचारमा राज्य, समाज, समुदाय, परिवार, सवैको उत्तिकै भूमिका हुन्छ ।

उपचारमा अरु जस्तो एउटा कोर्ष चलाएर मात्र नहुने, जीउने कला सिकाउने गुरुको जस्तो भूमिका निर्वाह गर्नुपर्ने । उसको जीवनको योजना नै बनाइदिनुपर्ने, बाटो देखाइदिनुपर्ने हुनसक्छ । मानिसलाई गाइड गर्ने नै मस्तिष्क हो, उसको मानसिक क्षमता हो, जसले उसको जीवनलाई अगाडि बढाउँछ । त्यसमा कमजोरी भएमा साधारण मर्मत गरेर मात्र पुग्दो रहेनछ । इलाज आफै पनि आजीवन चल्ने भएकाले एकपटक गरेर हुँदैन । त्यसबाहेक अरु आयामहरुलाई पनि सम्बोधन नगरेसम्म अपेक्षित परिणाम आउँदैन ।

उपचार त विरामीलाई ठीक पार्ने पाँच खम्बा मध्ये एक मात्र हो । उपचार पछिको अर्को खम्बा घरपरिवारको माया ममता र हौसला हो । तेस्रो खम्बा कुनै उपयोगी काममा व्यस्त रहनु हो । चौथो चाहिँ समुदायमा घुलमिल भई सामाजिक सम्बन्ध विस्तार गर्नु हो भने पाँचौ खम्बा सवै किसिमका लागु पदार्थबाट टाढा रहनु हो । त्यसैले औषधि उपचारको एउटा मात्र खम्बाले विरामीलाई स्थायी सुधार हुँदैन । त्यसैकारण राम्रो उपचार पछि पनि केही केसहरु असफल हुन्छन् ।

आज मानसिक रोगको क्षेत्रमा भएको विकासबाट विरामीलाई नयाँ जीवन दिन सकिने सम्भावना अझ धेरै छ । उपचारकै कारण कतिपयको जीवन पुरै परिवर्तन भएको छ । त्यसैले मानसिक रोग उपचारमा कठिनाइ भएता पनि विचलित हुनु हुँदैन । उपचार गर्दा सकेसम्म माथि उल्लिखित आयामहरुलाई समावेस गर्नुपर्छ । सामाजिक सेवा, पुनस्र्थापना, व्यवसाय, पारिवारिक सम्बन्ध, उनीहरुको क्षमता, शिप पुनस्र्थापना गर्ने कुरामा जोड दिनुपर्छ ।

उपचारमा हरेस खानु चाहिँ हुँदैन । निरन्तर प्रयास गरेर सवैमा सफलता पाउँने प्रयत्न गर्नुपर्छ तर हरेक रोगको सफलताको सीमा फरक हुन्छन् भन्ने कुरा पनि विर्सनु हुँदैन । इमान्दारिता साथ काम गर्दा जे हात लाग्छ त्यही नै सफलता हो भनेर चित्त बुझाउनुपर्छ ।डाक्टरले गर्ने प्राक्टिस भनेको मेडिकल साइन्समा आधारित हो । तर उपचार कलाको आवश्यकता पनि त्यत्तिकै हुन्छ । विरामीसँग व्यवहार गर्ने कला, उनीहरुको पीडालाई सम्बोधन गर्ने शीप हुनुपर्छ । विरामीको पीडालाई आप्mनो बोलिचाली, व्यवहार, हाउभाउले सहज बनाइ दिने कला हुनुपर्छ ।

दक्षता अनुभवबाट हासिल हुन्छ । सर्कसमा मानिसहरुले कति खतरनाक कामहरु गर्छन्, त्यो उसले एक दिनमा सिकेको होइन । यो दक्षता प्राप्त गर्न कैयौँ दिन अभ्यास गर्नुपर्छ । डाक्टरको दक्षता त्यस्तै हो । यसरि विज्ञानमा आधारित ज्ञान, आपूmमा अन्तरनिहीत कला र अनुभवबाट प्राप्त दक्षता नै सफलताका आधार हुन् । यो तथ्य सवै मेडिकल फिल्डमा लागू हुन्छ । अझ साइकियाट्रीमा विशेष लागू हुन्छ । सफल डाक्टरी गर्नको लागि विज्ञान, कला र दक्षता आधारभूत कुराहरु हुन् ।’