बलम्बुमा फेला परेको शंकास्पद वस्तु डिस्पोज


काठमाडौं ।

काठमाडौंको चन्द्रागिरि नगरपालिकामा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ। बिहीबार बिहान चन्द्रागिरि नगरपालिका १२ बलम्वु स्कुल नजिकै रहेको एक घरको आगनमा शंकास्पद वस्तु फेला परेको थियो।

उक्त शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्फोजल टोलीले सुरक्षितसँग निष्क्रिय पारेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।