करातेकी एरिका र टेबलटेनिस स्यान्टु सम्मानित


काठमाडौँ।

करातेकी एरिका गुरुङ र टेबलटेनिसकी स्यान्टु श्रेष्ठ वर्षको उत्कृष्ट खेलाडीबाट सम्मानित भएका छन् । हाम्रो खेलकुद अनलाइनको नवौँ वार्षिकोत्सवका उपलक्ष्यमा आज ललितपुरमा आयोजित कार्यक्रममा एरिका र स्यान्टु उत्कृष्ट खेलाडीबाट सम्मानित भएका हुन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टङ्कलाल घिसिङ र हाम्रो खेलकुदका सम्पादक प्रकाश तिमल्सिनाले खेलाडीलाई सम्मान गरे । उनीहरूलाई जनही २५ हजार नगदसहित सम्मान गरिएको थियो ।

स्यान्टुको तर्फबाट प्रशिक्षक राजेन्द्र कपालीले सम्मान ग्रहण गरेका थिए । एरिकाले गत वर्ष चीनमा भएको १९औँ एसियाली खेलकुद (एसियाड)मा रजत पदक जितेकी थिइन् । स्यान्टु पेरिस ओलम्पिकका लागि छनोट हुन सफल भएका थिए ।

सन् २००४ को एथेन्स ओलम्पिकमा तेक्वान्दोकी सङ्गीना वैद्य र २००८ को बेजिङ ओलम्पिकमा तेक्वान्दोका दीपक विष्टपछि छनोट हुने स्यान्टु तेस्रो नेपाली खेलाडी हुन् ।

राखेपका सदस्यसचिव घिसिङ, नेपाल भलिबल सङ्घका अध्यक्ष जीतेन्द्रबहादुर चन्द, प्रशिक्षक कपाली, एरिकालगायतले कार्यक्रममा सम्बोधन गरॆका थिए ।