सातौँ बीआइबी अन्तर विद्यालय बास्केटबल : विल्सन एकेडेमी र एनसीसीएस विजयी 


काठमाडौँ। 

सातौँ बीआइबी अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको फाइनलमा छात्र तर्फ विल्सन एकेडेमी   विजयी भएको छ भने छात्रा तर्फ एनसिसिएसले जितेको छ । बौद्ध  इन्टरनेशनल स्कुलमा शुक्रवार भएको फाइनलमा एनसिसिएसले दिक्षालय स्कुललाई ४१- ३९ अंकले जितेको हो ।

 यता छात्र तर्फ भने आयोजक बौद्ध  इन्टरनेशनल स्कुल विल्सन एकेडेमीसंग ५९-६० अंकले पराजित भएको हो । फाइनल खेल पश्चात् विजयी टीमलाई एक समारोहका बीच विजेतालाई प्रमाणपत्र, मेडल र सिल्ड प्रदान गरिएको छ ।

समूहगत चरणमा सम्पन्न खेलमा छात्रा तर्फ दिभा महर्जन र छात्र तर्फ अन्दुप सारू तामाड्ंग मोस्ट भ्यालुएबल प्लेर बने भने सबैभन्दा धेरै स्कोर छात्रातर्फ दीपशिखा गोले र छात्रतर्फ आरोहण बुढा श्रेष्ठ बने । प्रतियोगितामा फेयर प्ले टीम लिटिल वन्डर स्कुल बन्यो ।