ब्राजिल र अमेरिका पेरिस ओलम्पिक महिला फुटबलको फाइनलमा


काठमाडौं ।

जारी पेरिस ओलम्पिकको महिला फुटबलमा ब्राजिल र अमेरिका स्वर्ण पदकका लागि खेल्ने भएका छन्। गए राति सम्पन्न सेमिफाइनलका खेलमा ब्राजिलले स्पेनलाई ४-२ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको छ।

त्यस्तै अमेरिकाले जर्मनीलाई १-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो।  अब महिला फुटबलको फाइनल खेल अगस्त १० मा हुने छ। त्यस्तै कांस्य पदकका लागि स्पेन र जर्मनी भिड्ने भएका छन्। यो खेल अगस्त ९ मा हुने छ।