सफल व्यवसायी बनेकी टेनिस खेलाडी सारापोभा

0
Shares

सन् २०००को दशकमा टेनिस लेजेन्ड मारिया सारापोभाले महिलातर्फको खेलमा वर्चस्व बनाएकी थिइन् । उनले ५ ग्रान्डस्लाम टेनिस प्रतियोगिता जितेकी छन् । सन् २००८ मा अस्टे«लियन ओपन जित्दा उनी २१ वर्षकी थिइन् । टेनिसकी गोल्डेन गर्लको रूपमा चिनिने उनलाई महिला खेल जगतकी सबैभन्दा सुन्दरी खेलाडीसमेत घोषित गरिएको थियो ।

जतिबेला सारापोभा खेलमा चम्किरहेकी थिइन्, त्यतिबेला नै उनले व्यवसाय गर्ने योजना पनि बनाएकी थिइन् । ३७ वर्षमा टेकेकी रसियन खेलाडी सारापोभालाई खेलबाहेक उनको सौन्दर्यले पनि साथ दिएको थियो । उनले नाइकी, इभियन, पोर्च र टाग हिउरकोे विज्ञापनमा खेलेकी थिइन् ।

प्रतिबन्ध औषधि प्रयोग गरेकी सारापोभालाई १५ महिना खेलबाट निलम्बनसमेत गरिएको थियो । त्यसपछि उनले ३२ वर्षको उमेर ¥याकेटलाई भित्तामा झुन्ड्याएर व्यवसायमै ध्यान दिइन् । खेल्दै गर्दा ११ वर्षअघि उनले करिब ४ लाख पाउन्ड लगानी गरेर मिठाइ कम्पनी खोलेकी थिइन् । अहिले बढेर उनको सम्पति १ सय ५० मिलियन पाउन्ड भइसकेको छ ।

खेल जीवन

४ वर्षको उमेरमा नै टेनिस खेल्न शुरू गरेकी सारापोभा पहिलो गुरु युरी युत्किन थिए । चेकोस्लोभाकियामा जन्मेकी मार्तिना नाभ्रातिलोभा रसियामा आएकी थिइन् । मार्टिना टेनिस जगतकी एक सफल खेलाडीसमेत थिइन् त्यतिबेला । मार्टिनाका कारणले सारापोभाले पनि निक बोलेटेरीसँग प्रशिक्षण लिन फ्लोरिडामा जान पाइन् । जम्मा ७ सय डलर बचाएर अंग्रेजीको एक शब्द नबोली नै सारापोभाले प्रशिक्षण लिइन् । अमेरिका र रुसबीच शीत युद्ध चलिरहेका बेलामा रुसका खेलाडीलाई अमेरिकामा जान प्रतिबन्ध लगाएपनि सारापोभाले अमेरिकामा प्रशिक्षण लिइन् ।
ग्रान्डस्लाम उपाधि

-१७ वर्षको उमेरमा २००४ मा सारापोभाले विम्बल्डन फाइनलमा डिफेन्डिङ च्याम्पियन र शीर्ष वरियताकी सेरेना विलियम्सलाई हराएर सनसनी मच्चाएकी ।

-२००५ मा उनी विश्व नम्बर एक खेलाडी बनेकी।

-२००६ मा करियरको दोस्रो ग्रान्डस्लाम उपाधिको रूपमा यूएस ओपन जितेकी ।

-अस्ट्रेलियन ओपन २००८ मा तथा फ्रेन्च ओपन २०१२ र २०१४ मा जितेकी ।

-ग्रान्डस्लाम जित्ने र विश्व नम्बर एक हुने पहिलो रसियन खेलाडी बनेकी ।

कमाइ

-आफ्नो पूरा करियरमा ३६ उपाधि जितेकी सारापोभाले खेलेरै मात्र ३८ मिलियन अमेरिकी डलरभन्दा बढी कमाइन् ।

-स्विस घडी ब्रान्ड टाग हिउरको विज्ञापनबाट ३ सय मिलियन पाउन्डभन्दा बढी कमाइन् ।

  • उनले २५ वर्षको उमेरमा सन् २०१३ मा ५ लाख डलर लगानी गरेर सुगरपोभा नाममा क्यान्डी स्टोर खोलिन् । यसैबाट करिब १५० मिलियन पाउन्ड जम्मा गर्न उनी सफल भइन् ।

-चकलेट र मिठाइ बेच्नेक्रममा अहिले २२ भन्दा बढी देशमा उनको व्यापार फैलिएको छ । यसबाट उनको प्रतिवर्षको कमाइ १६ मिलियन पाउन्ड रहेको बताइएको छ ।